वीरगन्जको क्यासिनोमा प्रदेशका उत्कृष्ट इन्स्पेक्टर नै जुवा खेल्न गएपछि..

२१ भदौ ८३, आइतबार
Share this
686shares

२१ भदौ , काठमाण्डौ ।

Advertisement

सिंगो देश आउँदै गरेका चाडपर्व सबैलाई थाँती राखेर भोटीकोशी महाविपतको सामना गर्न हातोमालो गरिरहेको छ । बाढी प्रभावितहरुलाई कसरी छिटोभन्दा छिटो सुरक्षित आवाससहितको पुनर्वास गराउन सकिन्छ । कसरी बाढीले बगाएका, भत्काएका पुन, सडक, विद्यालय, घरसंरचनाहरु पुनः निर्माण गर्न सकिन्छ ।

यो क्षति कसरी भर्पाइ गर्ने भन्ने चिन्ताका साथ मानिहरु देशभित्र र बाहिरकाले पनि सकेको आर्थिक तथा अन्य आवस्यक राहत सामाग्री सहयोग गरिरहेका छन् । कतिपय सशरीर उपस्थित भएर स्वयंसेवकको रुपमा खटिरहेका छन् । यसबीच देशको मुख्य शहरहरुमध्येको एक र ६ वटा महानगरमध्येको वीरगञ्जमा भने छिमेकी एकजना गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर नै जुवा खेलाउने क्यासिनोबाट पक्राउ परेको खबर सुन्दा तपाइँलाई कस्तो लाग्छ ?

Advertisement

पक्कै पनि नरमाइलो नै लाग्छ । पर्साको वीरगन्जमा सञ्चालित क्यासिनो गोल्डन फिंगर गेमिङ जोनबाट प्रहरीले गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इन्स्पेक्टर प्रदिप पौडेल छन् ।

वीरगन्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित क्यासिनोबाट उनीहरुलाई पक्राउ गरिएको पर्साका एसपी पवन भट्टराईले बताए । इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् । उनी आफ्नो कार्यालयको क्षेत्र छाडेर वीरगन्जमा जुवा खेल्न आएको भेटिएको छ ।

Advertisement

क्लार्क होटल परिसरमा सञ्चालित सो क्यासिनोबाट अरू ६ जना नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश गराउन पाइँदैन । पर्सा प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी इन्सपेक्टर प्रदीप पौडेलसहित पक्राउ परेका ८ जनाको नाम सर्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो ।

प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव जो सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष पनि हुन्, उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो । अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित हुन् ।

३६ वर्षीय पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हुन् । त्यसैगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी, पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता, यही प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीले क्यासिनोको हार्ड डिक्स, कागजात, कम्प्युटर र सिसिटिभीको डिभिआर बक्स पनि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी पर्साका एसपी पवनकुमार भट्टराईले पक्राउ पुष्टि गर्दै इन्स्पेक्टर पौडेल २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीद्वारा नगदसहित पुरस्कृत भएको जानकारी दिए । प्रहरीका अनुसार शनिबार राति ड्युटी छोडेर उनी गाउँपालिका अध्यक्ष र केही स्थानीय व्यवसायीसहित क्यासिनोमा गएका थिए ।

प्रहरीकै संरक्षणमा नेपालीलाई निर्वाध क्यासिनो खेल्न दिइएको सूचना पाएपछि एसपी भट्टराई आफैँ त्यहाँ पुगेर छापा मारिएको थियो । इन्स्पेक्टर पौडेल गत वर्ष असोज अन्तिम साता पौडेल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट वीरगञ्ज गएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top