वल्र्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

२३ भदौ ८३, मंगलबार
Share this
731shares

२३ भदौ , काठमाण्डौ ।

Advertisement

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले वल्र्डलिंकले उक्त रकम प्रदान गरेको हो। वल्र्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो।

Advertisement

देशका नागरिक समस्यामा परेका बेला आफु पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको हो। हालैको बाढीबाट वल्र्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब ३.५ करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।

तर, आफ्नै संरचनामा ठूलो क्षति भए पनि वल्र्डलिंकले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ। विपद्का कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भएको अवस्थामा पनि वल्र्डलिंकका प्राविधिक सम्पूर्ण टिम तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापनामा निरन्तर खटिएका थिए।

Advertisement

इन्टरनेट आजको समयमा केवल एउटा व्यावसायिक सेवा मात्र नभई सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यमसमेत बनेको छ। त्यसैले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्नु पनि मानवीय सहयोगकै एउटा महत्वपूर्ण हिस्सा भएको वल्र्डलिंकको बुझाइ छ।

नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वल्र्डलिंकले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ। विपद्को समयमा कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेको अवस्थामा पनि १ करोड १ लाख रुपैयाँको आर्थिक सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ।

वल्र्डलिंकका लागि नेपाली नागरिक केवल ग्राहक मात्र होइनन्। देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्को समयमा नेपाली नागरिकको दुःखमा साझेदार बन्नु आफ्नो सामाजिक र राष्ट्रिय दायित्व भएको विश्वास राखेको छ।

वल्र्डलिंकको यो सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। वल्र्डलिंक कम्युनिकेसन्श, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, आवश्यक परेको समयमा नेपाली नागरिकसँग उभिने जिम्मेवार नेपाली कम्पनी पनि हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top