नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट

२५ भदौ ८३, बिहीबार
Share this
784shares

२५ भदौ , काठमाण्डौ ।

Advertisement

नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो ।

उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

Advertisement

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो । दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।

ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे । बशीर र दीपेन्द्रले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपाललाई संकटबाट उकासेका थिए।

Advertisement

उनीहरूको साझेदारीपछि नेपालले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको थियो। तर‚ बशीर आउट भएपछि नेपालको इनिङ्स फेरि दबाबमा परेको थियो। ओमानका जय वीरम ओडेडारा र हस्नैन शाहले उत्कृष्ट बलिङ गरे। दुवैले ३÷३ विकेट लिए। ओडेडाराले १० ओभरमा १ मेडन राख्दै २६ रन दिए भने हस्नैनले ८.४ ओभरमा २८ रन खर्चिए।

बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए । जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ । नेपाल दोस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । यसअघि टोली सन् २०२३ को च्याम्पियन बनेको थियो । यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top