साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा

२५ भदौ ८३, बिहीबार
Share this
697shares

२५ भदौ , काठमाण्डौ ।

Advertisement

इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४’ नामक पूर्ण व्यवस्थित वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार व्यावसायिक आवश्यकतालाई ध्यानमा राखी सुरु गरिएको यो नेपालकै पहिलो व्यवस्थित वाइफाइ समाधान हो।

Advertisement

व्यवसायीहरूसँगको प्रत्यक्ष संवाद र कार्यक्षेत्रको अध्ययनपछि तयार पारिएको यो सेवाले व्यावसायिक परिसरका सबै भागमा एकनासको र भरपर्दो इन्टरनेट सञ्जाल सुनिश्चित गर्नेछ।

यस प्रणालीलाई आधुनिक प्रविधिमार्फत टाढैबाट व्यवस्थापन गर्न सकिने सुविधासमेत उपलब्ध छ।

Advertisement

 

नेपालका धेरैजसो साना तथा मध्यम व्यवसायहरू घरायसी प्रयोजनका इन्टरनेटमा निर्भर हुँदा कार्यक्षेत्रका सबै ठाउँमा सञ्जाल नपुग्ने, मुख्य समयमा इन्टरनेट रोकिने तथा समस्याबारे जानकारी नहुने अवस्था थियो।

यिनै समस्या समाधान गरी व्यवसायलाई भरपर्दो र व्यावसायिक स्तरको सञ्जाल प्रदान गर्न ‘बिज२४’ ल्याइएको कम्पनीका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीले जानकारी दिए ।

यो सेवा विशेषगरी स्वास्थ्य क्लिनिक, भोजनालय, साना तथा मध्यम पसल, कार्यशाला (स्टुडियो) तथा साझा कार्यालयहरूका लागि बढी उपयोगी हुने बताइएको छ।

यसले परिसरको क्षेत्रफल र आवश्यकता अनुसार इन्टरनेट सञ्जाल विस्तार गर्न सघाउँछ।

यस प्रणालीमा व्यवसाय विस्तारसँगै इन्टरनेट सञ्जाल बढाउन सकिने सुविधा छ।

साथै, निगरानी क्यामेरा (सीसीटीभी), विभिन्न कम्प्युटर सफ्टवेयर तथा अन्य सूचना प्रविधि चलाउनका लागि आवश्यक पर्ने स्थिर इन्टरनेट ठेगाना (स्टाटिक आईपी) र व्यावसायिक स्तरको उपकरणसमेत यसमा उपलब्ध हुनेछ।

इन्टरनेटमा कुनै समस्या आएमा छिटो समाधान गर्नका लागि कम्पनीले प्राथमिकतासहितको विशेष ग्राहक सहायता सेवा पनि उपलब्ध गराएको छ ।

यो सेवा ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन वर्गमा उपलब्ध छ।

यस अन्तर्गत ग्राहकले २०० मेगाबिट प्रतिसेकेन्डदेखि १ गिगाबिट प्रतिसेकेन्डसम्मको गतिको इन्टरनेट सेवा पाउनेछन्।

मूल्य अभिवृद्धि करबाहेक वार्षिक ३० हजार रुपैयाँबाट सुरु हुने यो सेवा नयाँ र पुराना दुवै ग्राहकका लागि देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top