भोटेकोसी बाढीः अहिलेसम्म १३८५ शव फेला

२६ भदौ ८३, शुक्रबार
Share this
751shares

२६ भदौ , काठमाण्डौ ।

Advertisement

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८५ जनाको शव फेला ।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै ४ हजार ८९ जना सम्पर्कविहीन ।

Advertisement

फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला र ५०९ वटा आंशिक अङ्गसहितका शव रहेका छन्।

तीमध्ये १०३ शव आफन्तलाई बुझाइएको छ भने १ हजार १४८ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीको भनाइ ।

Advertisement

सम्पर्कविहीनमध्ये २ हजार ९०७ पुरुष र ५७२ महिला नेपाली नागरिक छन्।

यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला अझै सम्पर्कविहीन ।

बाढीपछि हालसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको र उद्धार गरिएकामध्ये ३ हजार १७६ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको जानकारी ।

शवको पहिचान तथा बेपत्ताको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको र हालसम्म मृतक र आफन्त गरी २ हजार ९९८ जनाको डीएनए नमुना सङ्कलन गरिएको प्रहरीको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top