ओलीको बचाउ गरिएको बादलको छुट्टै प्रतिवेदनमा के छ ?

२६ भदौ ८३, शुक्रबार
Share this
723shares

२६ भदौ , काठमाण्डौ ।

Advertisement

नेकपा एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा दुई छुट्टाछुट्टै प्रतिवेदन तयार ।

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्व परिवर्तनको सुझाव समेटिएपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको टोलीले अर्को प्रतिवेदन तयार गर्याे ।

Advertisement

‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि एमालेको साझा सङ्कल्प’ शीर्षकमा तयार गरिएको ३९ पृष्ठको प्रतिवेदनमा नेतृत्व परिवर्तनको विषयलाई अस्वीकार ।

प्रतिवेदनमा २३ र २४ गतेका घटना, निर्वाचन परिणाम, बालेन्द्र शाह नेतृत्वको सरकार गठन तथा पार्टीभित्र देखिएको नेतृत्व विस्थापनको प्रयासबारे विस्तृत समीक्षा ।

Advertisement

बादल नेतृत्वको प्रतिवेदनले निर्वाचन परिणामलाई आधार बनाएर अध्यक्ष ओलीलाई पदमुक्त वा विस्थापित गर्न खोजिएको भन्दै त्यसलाई ‘पार्टी हितविरोधी षड्यन्त्र’ को संज्ञा दिएको उल्लेख ।

एघारौँ राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजयकै आधारमा हटाउने प्रयास व्यर्थ रहेको प्रतिवेदनको निष्कर्ष ।

यसअघि सात प्रदेशबाट प्राप्त सुझाव समेटेर महासचिव पोखरेलले मस्यौदा प्रतिवेदन तयार गरेका थिए ।

तर, अध्यक्ष ओलीले त्यसलाई सच्याउन निर्देशन दिएपछि बादललाई पुनर्लेखनको जिम्मा दिइएको थियो ।

आज बस्ने निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुवै प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने तयारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top