३० भदौ, काठमाण्डौ ।
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलासा । सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहले बोलाएको बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङ पक्राउ ।
प्रहरीका अनुसार तामाङविरुद्ध ३ करोड ४ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म बिगो दाबी गरिएका छुट्टाछुट्टै १० वटा बैंकिङ कसुरका जाहेरी । तीमध्ये केही मुद्दामा अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदनसमेत बुझाइसकिएको उल्लेख ।


सोमबार पक्राउको आधार अरुण अर्यालले प्रहरी वृत्त दरबारमार्गमा दिएको ५ लाख २५ हजार रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरी बनेको प्रहरीको भनाइ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रहरीमा जाहेरी परेर अनुसन्धानका क्रममा रहेका १० वटै मुद्दामा तामाङ फरार देखिएको उल्लेख ।
प्रहरीका अनुसार सुनमाया घर्तीको ३ करोड ४ लाख, हेराकाजी बाडेको १ करोड ३ लाख ३० हजार, बहादुर बगालेको ४८ लाख, विजय सिंह लामाको ९५ लाख र सम्पूर्ण घर्ती मगरको २ करोड ५६ लाख रुपैयाँ बिगो दाबीका मुद्दासहित सुमर तामाङको २ लाख र दलबहादुर आलेको ७५ लाख रुपैयाँ बिगो दाबी ।
तामाङको काठमाडौं नयाँ बजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि रहेको र कम्पनीको आर्थिक कारोबारमा समस्या आएपछि उनी विवादमा परेको प्रहरीको भनाइ ।




