३० भदौ, काठमाण्डौ ।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले कोसी, वाग्मती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने छ भने राति कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना ।

दिउँसो देशभर सामान्यतया बदली रहदा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना ।
त्यस्तै, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेस, कोसी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना ।
आज राति पनि देशभर सामान्यतया बदली रहदा कोसी, वाग्मती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको पूर्वानुमान।




