पूँजीबजारमा टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

२७ असोज ७५, आइतबार

काठमाडौँ, असोज २७
बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो ।

गत साता टेलिकमको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड थियो । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ ।

Advertisement

यस्तै दोस्रो नम्बरमा रहेको नवील बैंकको बजार पूँजीकरण रु ७४ अर्ब ८३ करोड छ । गत साता सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो । यस साता करीब रु एक अर्ब बराबरको मूल्यमा कमी आएको हो ।

तेस्रोमा यस साता पनि नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब ९१ लाख ९० हजार बजार पूँजीकरण मूल्य पुग्दा गत साताको तुलनामा केही वृद्धि भएको हो । गत साता सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो ।

Advertisement

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५६ अर्ब ८० लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ । गत साता रु ५५ अर्ब २७ करोड रहेको थियो । पाँचौँमा पुनःएभरेष्ट बैंक नै रहन सफल भएको छ । सो बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख पुगेको छ । गत साता रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

यस्तै हिमालयन बैंकको रु ४२ अर्ब ८४ करोड हुन पुगेको छ । गत साता रु ४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको पनि बजार पूँजीकरण घटेको छ । गत साता रु ४१ अर्ब रहेकामा यस साता रु ४० अर्ब ८९ करोड बराबर हुन पुगेको छ ।

यस्तै नेपाल एसबीआइ बैंकको पनि बजार पूँजीकरणमा गिरावट आएको छ । गत साता रु ३९ अर्ब ५९ करोड रहेकामा यस साता रु ३९ अर्ब दुई करोडमा सीमित भएको छ । एनआइसी एशिया बैंकको भने सामान्यरुपमा वृद्धि भएको छ । गत साता रु ३४ अर्ब १३ करोड रहेकामा यस साता सामान्य वृद्धि भई रु ३४ अर्ब ६१ करोड माथि पुगेको छ ।

त्यस्तै एनएमबी बैंकको पनि सामान्य वृद्धि भएको छ । गत साता रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेकामा यस साता रु ३१ अर्ब १२ करोडमाथि पुगेको छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो ।

यस्तै यस साता माछापुच्छ्रे« बैंकको ६७६ कित्ता, मेघा बैंकको २२७ कित्ता, सिभिल बैंकको २०६ कित्ता, सानिमा माई हाइड्रो पावरको २०२ कित्ता, प्रभु बैंकको १८९ कित्ता, नेपाल क्रेडिट एण्ड कमर्स बैंक १८९ कित्ता, जनता बैंकको १७२ कित्ता, एनएमबी बैंकको १७० कित्ता, एनआइसी एशिया बैंकको १६० कित्ता र नेपाल बैंक लिमिटेडको १५९ कित्ता शेयर कारोवार भएको छ ।

स्टकका अनुसार यस साता ती कम्पनीका शेयर सूचीकृत भएका छन् । त्यसमा पञ्चकन्या माईको एक करोड १० लाख कित्ता साधारण शेयर, कालिका पावर कम्पनीको ६० लाख कित्ता साधारण शेयर र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top