काठडमाडाैं । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोसँगै लेदो खसेपछि शुक्रबार बिहानदेखि यातायात प्रभावित भएको छ । सडकखण्डको १५ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान साढे ७ बजेतिर सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन गरिएको हो । सडकमा खसेको लेदो पन्छाउने काम भइरहेको र सडक पूर्णरूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरोका कारण सवारीसाधनको आवागमन प्रभावित भएकाले सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।




