प्रधानमन्त्री शाहद्वारा जेनजी सांसदलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह

२ असोज ८३, शुक्रबार
Share this
737shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै जेनजी पुस्तालाई आत्मनिर्भर बनाउन पहल गर्न आग्रह गरेका हुन्।

Advertisement

उनले स्थलगत अध्ययन तथा अनुसन्धान, सूचना प्रविधिको उच्चतम प्रयोग र समस्या समाधानमुखी व्यवहार अपनाउन सांसदहरूलाई सुझाव दिए। पुराना तथा अव्यावहारिक सोच त्याग्दै राजनीतिलाई मात्र पेशा नबनाई छुट्टै व्यावसायिक आम्दानीको आधार तयार गर्नसमेत उनले आग्रह गरे।

अन्तरक्रियामा सहभागी जेनजी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top