कांग्रेसको अधिवेशनमा सहभागी ४ शिक्षकलाई कारबाही सिफारिस

६ असोज ८३, मंगलबार
Share this
730shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीबाट राजनीतिक दलका कार्यक्रममा सहभागी भएको देखिएका चार शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न स्थानीय तहलाई सिफारिस।

एकाइले ज्ञानकुञ्ज माध्यमिक विद्यालय पचरुखीका प्रेमप्रसाद भट्टराई, कुशेश्वर विद्यापीठ दुम्जाका सर्वेश्वर कोइराला, माध्यमिक विद्यालय लाप्पनबासका अर्जुनकुमार गौतम र आधारभूत विद्यालय लंगुरडाँडाका यतिराज तिमल्सिनालाई कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्याे ।

Advertisement

पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागलाई बोधार्थ ।

नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको समयमा उनीहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको एकाइको भनाइ ।

Advertisement

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकहरूको उक्त गतिविधि शिक्षा नियमावली, २०५९ मा उल्लेखित आचरणसम्बन्धी व्यवस्थाविपरीत हुने भएकाले प्रचलित कानुनअनुसार कारबाही गर्न स्थानीय तहलाई अनुरोध ।

यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले पनि जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको भन्दै जिल्लाका १० वटै स्थानीय तहलाई निगरानी बढाउन आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top