परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा

६ असोज ८३, मंगलबार
Share this
806shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्यूयोर्कमा ।

मन्त्री खनाललाई न्यूयोर्कस्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीद्वारा स्वागत।

Advertisement

महासभाका क्रममा मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ शीर्षकको साइडलाइन बैठकको नेतृत्व गर्ने कार्यक्रम ।

उक्त बैठकमार्फत नेपालसँग सम्बन्धित विषय तथा अन्तर्राष्ट्रिय चासोका मुद्दामा छलफल हुने ।

Advertisement

मन्त्री खनालले महासभामा सहभागी विभिन्न देशका आफ्ना समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको र भेटवार्तामा आपसी सम्बन्ध, सहकार्य तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा ।

परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारी पनि न्यूयोर्कमा ।

महासभामा नेपालको सहभागिताका क्रममा बहुपक्षीय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्नुका साथै विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने कार्यक्रम तय ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top