६ असोज ,काठमाण्डौ ।
आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार खेल खेल्ने ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी टोलीले यही असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई अभ्यास खेल खेल्ने ।

त्यसपछि असोज १४ र १५ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग दुई खेलमा प्रतिस्पर्धा गर्ने कार्यक्रम ।
विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ अर्थात् असोज ११ गते पोखरामा भुटान र क्यान गण्डकीबीच हुने खेललाई पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिदै ।

अन्तर्राष्ट्रिय टोलीको सहभागिताले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने क्यान गण्डकीको अपेक्षा ।
गण्डकी प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले भुटानी टोलीको पोखरा भ्रमणले क्रिकेटको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानलाई सहयोग पुग्ने बताए।
उनका अनुसार यसले क्रिकेट पूर्वाधार निर्माण, खेलकुद र पर्यटनबीचको सम्बन्ध विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने ।



