६ असोज ,काठमाण्डौ ।
छातीमा असहज महसुस भएपछि गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे ।
मंगलबार छातीमा समस्या देखिएपछि उनी चिकित्सकीय जाँचका लागि अस्पताल पुगेर ट्रमा सेन्टरमा चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था परीक्षण गरिरहेको सचिवालयको जानकारी ।

गृहमन्त्री गुरुङलाई छातीमा कस्तो समस्या देखिएको हो र थप उपचार वा निगरानी आवश्यक पर्ने–नपर्नेबारे चिकित्सकीय परीक्षणपछि मात्रै स्पष्ट हुने ।
उनको स्वास्थ्य अवस्थाबारे अस्पताल वा सम्बन्धित निकायबाट विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन ।

गृहमन्त्रीको स्वास्थ्य परीक्षण भइरहेकाले उनको नियमित कार्यतालिकाबारे पनि तत्काल थप विवरण उपलब्ध हुन बाँकी ।
चिकित्सकहरूको परीक्षणपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउने



