कक्षा ११का विद्यार्थीलाई नतिजा चित्त बुझेन

विराटनगर,असोज २८
कक्षा ११ को परीक्षामा आशा गरेअनुशारको नतिजा नआएको भन्दै विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय विराटनगरमा ज्ञापन पत्र बुझाएका छन् ।

विराटनगर लगायत क्षेत्रका शिक्षण सस्थामा कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुले असोज २० गते प्रकाशित कक्षा ११ को परीक्षाफलमा आशा गरेभन्दा निकै कम र अपत्यारिलो अंक आएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय विराटनगरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

ज्ञापनपत्र बुझदै कार्यालयका शाखा अधिकृत दयाराम राईले शाखा कार्यालय विराटनगरमा केही अधिकार नरहेकाले केन्द्रलाई ज्ञापन पत्र पठाईदिने बताए ।

यता विज्ञान विषयमा “सि”प्लस आएको भन्दै सयौंको सख्यामा रहेका विद्यार्थीहरुले परीक्षाफल रद्द गरी उत्तरपुस्तिकाहरु पुनः परीक्षण गराईदिन आग्रह गरेका छन् ।

“सि”प्लसको नतिजा आफूहरुलाई चित्त नबुझेकाले सवै विद्यार्थीहरु पुनः परीक्षण गराउनका लागि संगठित भएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुको पुनःपरीक्षण गराउन तदर्थ समिति नै गठन गरेका छन् ।

समितिमा शिक्षादिप, एभरेष्ट, अरनिको, कोवास, कान्तिपुर क्याम्पस लगायतका शिक्षण संस्थाका विद्यार्थीहरु सहभागी छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top