×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)

२८ आश्विन २०७५

विराटनगर असोज २८

देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ ।

Advertisement
Advertisement

एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिलले दुई सातायताबाट व्यवसायीक उत्पादन दिन शुरु गरेको छ । मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसगै मिलले नियमितिरुपमा व्यवसायी उत्पादन गदै आएको छ ।

मिल पुनःसञ्चालनमा आएसगै १ सय बढीले रोजगारी समेत पाएका छन । मिल बन्द भएको बखत रोजगारी गुमेपछि घरमा बसेका मजदुर पुनः काममा फर्किएका छन।

मिल सञ्चालक समितिका अनुसार व्यवसायिक उत्पादन थालेकोमा दशै पछि लगतै जुट बोरा उत्पादनको तयारी समेत अघि बढाएको छ । हाल दिवाकालीन समयमा मात्र सञ्चालनमा रहेको मिलले अहिले २२ टन सुतली उत्पादन गरीसकेको छ ।

मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार जुट मिलले ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन गरेको छ । दश वर्षपछि विराटनगर जुट मिल उद्योगको उत्पादन बिक्री गर्ने तयारी गरिएको छ ।

जुट मिलले उत्पादन गरेको २२ टन सुतली नेपाल तथा भारतमा बिक्री गरिने भएको हो । विराटनगर जुट मिलले गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरेको थियो । त्यसयता अहिलेसम्म २२ टन सुतली उत्पादन गरेको छ । बाँकी १० टन घानीमा रहेको छ ।

मिल व्यवस्थापन पक्षले उत्पादित सुतली बिक्रीको तयारी समेत गरेको छ । उत्पादन भएको सुतलीको ५० केजी र २५ केजीको प्याकिङ्ग भईरहेको छ ।

उत्पादिन सुतली बिक्री गर्नका लागि भारतीय कम्पनी र नेपालस्थित स्वस्तिक जुट मिलसँग कुरा भईरहेको बताइएको छ । जुट मिलबाट ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन भएको छ । जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रीकालिन गरी दुई सिफ्टमा भईरहेको जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले जानकारी दिए ।

गतवर्ष जुट मिल्स सञ्चालन गर्ने भन्दै खरिद गरिएको ५४ टन जुटलाई सदुपयोग गर्दै सुतली उत्पादन गरिएको छ । त्यस बाहेक यसैवर्ष सञ्चालक समितिले २६ टन नयाँ जुट समेत खरिद गरेको छ ।

उद्योग परिसरमा रहेको ८० टन जुटमध्ये २२ टन उत्पादन, १० टन उत्पादन प्रक्रिया र बाँकी ४८ टन जुट स्टक छ । भखरैमात्र व्यवसायी उत्पादन थालेको मिललाई पुर्ण क्षमतामा सञ्चालन गरी व्यवसायीक उत्पादनलाई निरन्तरता दिने तयारीमा मिल सञ्चालक समितिले जनाएको छ । उद्योगमा रहेको पुरानो मेशिन चलिरहेको छ ।

नयाँ मेशिनको मर्मत भने भईरहेको बताइएको छ । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्प्रिङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खा चलिरहेका छन् । विराटनगर जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो ।

मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन । भारतीय कम्पनी विनसम इन्टरनेशनल लि.ले २०६९ सालमा वार्षिक १ करोड ३५ लाख रुपिँयमा लिजमा लिएको थियो । तर, ३० प्रतिशत मात्रै मेशिन चलेपछि उसले सम्झौता करार रद्द गरेको थियो । त्यसपछि मिल बन्द अबस्थामा रहेको थियो ।

ऋणको भारमा मिल
१९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले विराटनगर जुट मिलको स्थापना गरेका हुन् । तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा मिल स्थापना गरिएको देखिन्छ ।जुट मिल सन्चालनमा आउदा पूर्ण मुनाफा कमाएको देखिन्छ ।

मिल सन्चालनमा आएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती प्रकाशनमा १ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । तर, आज यहासम्म मिल आइपुग्दा मिल ४ अर्व ऋणको भारमा छ । पटकपटक खुल्दै बन्द हुँदै आएको मिल सन्चालनका लागि बैंक वित्तिय संस्था एव सरकारको पनि ऋण दायित्व देखिएको छ ।

नेपाल बैंकसँग कुनै समय लिएको १ करोड ७५ लाख रुपैयाँ कर्जा ब्याजसहित अहिले १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।त्यसैगरी एनआइडीसी डेभलपमेन्ट बैंकसँग पनि कम्पनीले १० लाख ऋण लिएको थियो ।

यो कर्जा अहिले ब्याजसहित १ करोड ५७ लाख पुगेको छ । यता, कुनै समय उदयपुर सिमेन्टसँग पनि कम्पनीले ४५ लाख ऋण लिएको थियो । अहिले यो ८ करोड ७६ लाख पुगेको छ । त्यसैगरी मिल सन्चालका लागि भनेर कुनै वेला अर्थ मन्त्रालयवाट पनि ऋण लिएको देखिन्छ ।

Advertisement
Advertisement

उसले अर्थ मन्त्रालयवाट पटक पटक गरी १ अर्व १७ करोड ऋण लिएको देखिन्छ । अहिले अर्थ मन्त्रालयवाट लिएको ऋणको व्यभारमात्र १ अर्व ८० करोड पुगेको छ । उद्योग स्थापनाका क्रममा उद्योगको परिसरमा आफ्नै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top