११ असोज , काठमाण्डौ ।
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौतामा हस्ताक्षर ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रिजेन्कोभले आ–आफ्ना सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच सौहार्दपूर्ण भेटवार्ता ।
भेटका क्रममा नेपाल–बेलारुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको उल्लेख ।

भेटवार्तामा दुवै पक्षद्वार नेपाल र बेलारुसबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त ।
विशेषगरी श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयको भनाइ।
भिसा छुटसम्बन्धी सम्झौताले कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकको आवतजावतलाई सहज बनाउने अपेक्षा



