१७ असोज , काठमाण्डौ ।
गायक तथा संगीतकार डीपी खनालको नयाँ गीत “चाँदीको बाला“ सार्वजनिक भएको छ ।
लाखौं श्रोताको मन जितेको “सुनन स्वीटहार्ट“को बहुप्रतीक्षित निरन्तरता रहेको “चाँदीको बाला“ (Sweetheart–2) २ असोज १६ मा युट्युबमार्फत सार्वजनिक भएको हो ।


गीतका शब्द, संगीत र स्वर खनाल स्वयंको हो । गायिका प्रयुशा न्यौपानेको स्वरले गीतमा थप मिठास थपेको छ ।

दुष म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।
रेकर्डिङ राजेश श्रेष्ठ र मिक्सिङ÷मास्टरिङ किशोर थापाले गरेका हुन् ।
गीत ए वान म्युजिसियन स्टुडियोमा तयार भएको हो ।
गीतको भिडियोमा रोसन घतानी र प्रीयाना आचार्यले अभिनय गरेका छन् ।
गाउँले परिवेशमा बसेर मनका कुरा साट्दै गरेका महिलाहरूको दृश्यले भिडियोलाई माटोको सुगन्ध दिएको छ ।



