१९ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आज असोज १९ गतेका लागि सार्वजनिक विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ लगातार चार दिनदेखि स्थिर ।
असोज १६ गतेदेखि आजसम्म अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम ।

आज युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र अष्ट्रेलियन डलरको भाउ बढ्यो ।
युरो एकको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम हुँदा पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा पुग्यो ।

त्यस्तै, स्वीस फ्र्यांकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा तथा अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा कायम रहदा क्यानेडियन डलर भने घटेर खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा निर्धारण ।
सिङ्गापुर डलरमा सामान्य गिरावट देखिएको छ भने जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस तथा डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको नयाँ विनिमय दरसमेत राष्ट्र बैंकद्वारा सार्वजनिक



