पप्पु कन्ट्रक्सनले पुल बनाएन, कात्तिक ५ गतेभित्र उपस्थित हुन निर्देशन

२८ असोज ७५, सोमबार

काठमाडौं, असोज २९
निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ ।

लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् । सिन्धुली जिल्ला अन्तर्गतको सोखुखोलामा पुल निर्माणका काम नगरेपछि मध्य पहाडी लोकमार्गले उपस्थित हुन पत्र काटेको हो ।

२०६९ पुस २८ गते सक्ने गरी ०६८ असार २९ गते पप्पुसंग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । समयमा सम्पन्न नगरेपछि मध्य पहाडी लोकमार्गले ०७० पुस २६ गतेसम्म म्याद थप गर्दा पनि पुलको काम नगरेको हो ।

Advertisement

पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि पप्पुलाई असोज २१ गते एडजक्सनका लागि जेभीबाट निवेदन पेश भएको थियो । तर लोकमार्ग आयोजनाले औचित्यहिन देखेर उसको प्रस्तावलाई अस्वीकार गरेको छ ।

पप्पुले ठेक्का लिएको कुनै पनि काम सम्पन्न नगरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । यता भौतिक पुर्वाधार, योजना तथा यातायात मन्त्रालयले समेत उसको कामको अध्ययन गरिरहेको छ । पप्पुले दुई दर्जनबढी पुल आयोजनाको काम अलपत्र पारेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top