१९ असोज , काठमाण्डौ ।
अमेरिका र इजरायलले सपनामा पनि सोचेका थिएनन् कि इरानमा गरिएको हमलाको नतिजा यति खतरनाक र आफैतिर फर्किएला भनेर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गरेलगत्तै भनेका थिए, कि यो मिशन केही दिनमै पुरा हुनेछ ।
जबकी, कयौं महिना वितिसक्दा पनि न त युद्ध समाप्त भयो न इरानले घुँडा नै टेक्यो । यसको विपरित इरानको अमेरिकी सैन्य अखडा केन्द्रित जवाफी कारबाहीले अमेरिकालाई आफ्नो कदम पछाडी सार्न बाध्य पारिरहेको छ ।

विभिन्न रिपोर्टमा आएका खबरहरुका अनुसार हालै अमेरिकी सेना फारसको खाडीबाट गायब भएको छ । फारसको खाडीलाई होर्मुज स्ट्रेटको इंट्री गेट मानिन्छ । रिपोर्ट अनुसार, अमेरिकी सेनाले अहिलेको समयमा इरानको तटबाट करिब १ हजार किलोमिटर परैबाट अपरेट गरिरहेको छ, ताकि इरानी मिसाइलबाट बच्न सकियोस् ।
यसलाई हेर्दै इरानले पनि आफ्नो मिसाइलको रेंज १ हजार किलोमिटर वा त्योभन्दा पनि धेरैसम्म बढाउने घोषणा गरेको छ । तेहरानको यो घोषणाको व्यापक असर देखिएको छ । अमेरिकाले ब्रिटेनको आरएएफ फेयरफोर्ड एयर बेसबाट आफ्नो सबै १२ वटा बी १ बम्बर जेटलाई हटाएको छ ।

यता इजरायलमा पनि अतिरिक्त जवानहरुलाई तैनाथ गरेको छ । पहिला कुरा गरौँ इरानको नयाँ मिसाइल प्रोग्रामको । तेहरानले हालैको युद्धबाट पाठ सिक्दै आफ्नो मिसाइलहरुको मारक क्षमता बढाएर १ हजार किलोमीटरसम्म पुर्याउने योजना बनाएको छ ।
इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अकरमिनियाले भनेका छन् कि मिसाइलहरुको रेन्ज बढाउने काम शुरू गरिएको छ । यसका साथै मिसाइलहरुको गति र निशाना साध्ने सटीकतामा पनि सुधार गरिने बताएका छन् ।
अकरमिनियाका अनुसार हालैको युद्धको अनुभवहरुबाट मिसाइलहरुको क्षमता बढाउने आवस्यकता देखिएको हो । उनले भनेका छन् कि विरोधी सेनाहरु अब इरानको तटभन्दा निकै पर, लगभग १ हजार किलोमिटरसम्म परको दूरीमा सक्रिय छन्, यस्तोमा इरानले आफ्नो मिसाइलहरुलाई अधिक दूरीसम्म मार हान्न सक्षम बनाउन चाहान्छ ।
यसबाट एउटा कुरा के स्पष्ट भएको छ भने, इरानी सेनाले १ हजार किलोमीटरको मारक क्षमता भएको एडभांस मिसाइलहरु अहिलेसम्म तैनात गरेको छैन । तर इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्स नजिक भने लगभग २ हजार किलोमीटरसम्म मार हान्ने लामो दूरीका मिसाइलहरु छन् ।
खासमा इरानी सेनाले मुख्य रूपमा अपेक्षाकृत कम दूरीको ब्यालिस्टिक मिसाइलहरुको संचालन गर्दै आएको छ, जुन खाडी क्षेत्रमा अमेरिकी सैन्य ठेगानाहरुलाई निशाना बनाउन सक्षम छन् । यदि इरानले पछिल्लो प्रस्तावित बदलावलाई लागू गर्यो भने त तेहरानका मिसाइलहरु फारसको खाडी र अरब सागरमा रहेका अमेरिकी सैन्य सम्पत्तिहरुका लागि ठुलो खतरा बन्न सक्छन् ।
खाडीका कयौं देशहरु पनि इरानबाट लगभग २०० देखि ३०० किलोमीटरको दूरीमा छन् । तर उता १ हजार किलोमीटरको प्रस्तावित मारक क्षमताबाट यूरोप, इजराइल र डिएगो गार्सिया जस्ता पर रहेका ठेगानाहरु यसको पहुंचमा आउँदैनन् ।
तर इरानको यो पछिल्लो घोषणाले भने अमेरिकालाई आतंकितजस्तै पारिदिएको छ । इरानी मिसाइलको फायर पावरलाई ध्यानमा राख्दै अमेरिकाले सावधानीका लागि कदम उठाउन शुरू गरेका हो, ताकि कुनै पनि खाले व्यापक क्षतिबाट बच्न सकियोस् ।
अमेरिकाले सुरक्षा चिन्ताहरुलाई मध्यनजर गर्दै ब्रिटेनको आरएएफ फेयरफोर्ड एयरबेसबाट आफ्ना सबै १२ वटा बी–१ बमवर्षक विमानहरु हटाएको हो । यो एयरबेसलाई निशाना बनाएर इरानसंग जोडिएकाहरुले संभावित आतंकवादी हमलाको षडयन्त्र बनाइरहेको आशंकामा अमेरिकाले यो कदम चालेको हो ।
अमेरिकी अधिकारीहरुलाई आशंका छ कि यो षडयन्त्रको उद्देश्य बमवर्षक विमानहरुलाई निशाना बनाउनुका साथै त्यहाँ तैनाथ सैन्यकर्मीहरुको हत्या गर्नु पनि रहेको छ । अमेरिकी अधिकारीहरुको अनुसार, आईआरजीसीले कथितरुपमा यो अभियानका लागि ब्रिटिश नागरिकहरुलाई भर्ती गरेको थियो ।
यद्यपि, केही ब्रिटिश अधिकारीहरुले षडयन्त्रको जटिलता र त्यसको गंभीरतालाई लिएर प्रश्न उठाएका छन् । ‘वालस्ट्रीट जर्नल’को रिपोर्ट अनुसार, सबै १२ बी–१ बमवर्षक विमानहरुलाई अमेरिका फिर्ता लगेर तिनिहरुको निर्धारित ठेगानामा पठाइएको छ ।
यद्यपि, यी विमानहरुलाई अभियानबाट पूर्णरुपमा बाहिर भने निकालिएको होइन, र यिनिहरु विश्वको कुनै पनि भागमा सैन्य मिशनका लागि उपलब्ध रहने पनि बताइएको छ । अर्कातर्फ, इरानी मिसाइलबाट बच्नका लागि अमेरिकी सेना पनि फारसको खाडीबाट बाहिर निस्किएको हो ।
अब अमेरिकी सेनाले इरानी तटबाट १ हजार किलोमीटर परै रहेर कारबाही गर्नेछ । यता मध्य पूर्वमा तनाव बढ्ने आशंकाका बीच अमेरिकाले आउने साताहरुमा इजरायलमा अतिरिक्त सैनिकहरु र विमानहरुका तैनाथी बढाउन लागेको छ ।
इजरायली न्यूज पोर्टल ‘वाला’ का अनुसार, सुरक्षा स्रोतहरुले जानकारी दिए अनुसार अहिले इजरायलमा करीब ३ हजार अमेरिकी सैनिक तैनाथ छन् । इजरायली रक्षा अधिकारीहरुका अनुसार, इजरायली सेनाले इरानका साथ संभावित नयाँ टकरावको तैयारी गरिरहेको छ ।
इजरायल र अमेरिकाले इरानका तर्फबाट इजरायल तथा जोर्डनमा अचानक मिसाइल हमला हुने आशंका निकट रहेर समन्वय गरिरहेको पनि बताएका छन् । यसैबीच , करीब १० हजार अतिरिक्त अमेरिकी सैनिक मध्य पूर्वतर्फ अघि बढिरहेका छन् ।
जसमा २ हजार मरीन पनि सामेल छन्, जोे तेस्रो अमेरिकी विमानवाहक पोतका साथ नोभेम्बरसम्म यो क्षेत्रमा पुग्ने छन् ।



