गोरखामा आज लिगलिगे दौड, पालुङटार नगरपालिकाभर बिदा

२९ असोज ८३, बिहीबार
Share this
727shares

२९ असोज , काठमाण्डौ ।

Advertisement

गोरखाको पालुङटार नगरपालिकाले ऐतिहासिक लिगलिगे दौडका अवसरमा आज असोज २९ गते सार्वजनिक बिदा ।

नगरपालिकाले असोज २० गते बसेको कार्यपालिका बैठकबाट दौड हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

Advertisement

नगरपालिकाका अनुसार बिदाका दिन नगरपालिका क्षेत्रभित्रका सबै वडा कार्यालय तथा शैक्षिक संस्था बन्द रहने ।

ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको लिगलिगे दौडमा सहभागी हुन खेलाडी, संघसंस्था र सरोकारवालालाई नगरपालिकाको आह्वान ।

Advertisement

लिगलिगे दौड गोरखाको लिगलिगकोटसँग जोडिएको ऐतिहासिक परम्परा हो।

जनश्रुतिअनुसार, विगतमा दौडमा सबैभन्दा पहिले निर्धारित गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने व्यवस्था थियो।

ऐतिहासिक विवरणअनुसार, द्रव्य शाहले वि.सं. १६१६ मा लिगलिगकोटमा आफ्नो सत्ता स्थापित गरेका थिए।

त्यसपछि उनले गोरखा राज्यको स्थापना गरेका थिए।

राजा छनोट गर्ने ऐतिहासिक परम्परासँग जोडिएको लिगलिगे दौड अहिले स्थानीय इतिहास र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top