२ कार्तिक , काठमाण्डौ ।
बलिउड अभिनेता टाइगर श्राफ लक्षित गर्दै मुम्बईको जुहु क्षेत्रमा आइतबार साँझ अन्धाधुन्ध गोली प्रहार ।
मुम्बई प्रहरीका अनुसार जुहुस्थित पुष्पा पार्क नजिकै तीनजना अज्ञात मोटरसाइकल सवार व्यक्तिले टाइगर श्राफको बीएमडब्लु गाडीलाई निशाना बनाएर तीन राउन्ड गोली चलाएका थिए।

आक्रमणमा अभिनेता टाइगर श्राफ भने सकुशल ।
उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको भएपनि उनका चालकको हातमा गोली लागेको जानकारी ।

घाइते चालकलाई उपचारका लागि नानावती अस्पताल भर्ना गरिएको तथा घटनामा एक अटो रिक्सा चालकसमेत घाइते ।
प्रारम्भिक विवरणअनुसार टाइगर श्राफ जुहुको एक मैदानमा फुटबल खेलेर गाडीमा घर फर्किरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए।
घटनापछि सामाजिक सञ्जालमा अडियो तथा पोस्ट सार्वजनिक गर्दै लरेन्स विश्नोई गिरोहसँग सम्बन्धित भनिएका अनिल पण्डित र हरमन सन्धुले आक्रमणको जिम्मेवारी लिएको दाबी ।
उनीहरूले अभिनेता सलमान खानसँग काम गर्ने तथा उनीसँग निकट व्यक्तिलाई फिल्म उद्योगमा निशाना बनाउने चेतावनी दिएको भएपनि प्रहरीले उक्त दाबीको आधिकारिक पुष्टि गरेको छैन।
आक्रमणकारीको खोजीका लागि १२ वटा विशेष टोली परिचालन गरी सीसीटीभी फुटेज संकलन भइरहेको प्रहरीको भनाइ ।



