२ कार्तिक , काठमाण्डौ ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने ।

लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम मुख्यतया सफा रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने ।
देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा देशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान ।
आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान ।



