२ कार्तिक , काठमाण्डौ ।
कात्तिक २ गते आज बिपी राजमार्ग बिहानैदेखि सञ्चालनमा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले राजमार्गमा आज सवारी चाप कम रहेको दियो जानकारी ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु तथा सवारीसाधनको संख्या घटेसँगै बिपी राजमार्गमा आवागमन सहज भएको ट्राफिक प्रहरीको भनाइ ।
अघिल्ला दिनमा चाडपर्वका कारण उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दा राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित हुन सक्ने अवस्था रहे पनि आज भने सवारी चाप कम देखिएको उल्लेख ।

ट्राफिक प्रहरीका अनुसार राजमार्गमा सवारी आवागमन सहज रहेकाले यात्रुले तुलनात्मक रूपमा सजिलै यात्रा गर्न सक्ने ।
बिपी राजमार्ग काठमाडौँ उपत्यकालाई पूर्वी नेपालका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक मार्गमध्ये एक हो ।
चाडपर्वका बेला यस राजमार्गमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले चालकलाई सावधानीपूर्वक सवारी चलाउन र ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएको छ ।



