३ कार्तिक , काठमाण्डौ ।
मध्यपूर्वमा बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक, लेबनान, यमन र इजरायलमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन गर्याे आग्रह ।
अमेरिकी कूटनीतिक नियोगहरूले क्षेत्रीय तनाव बढेमा हवाई मार्ग बन्द हुन सक्ने, उडान रद्द हुन सक्ने र यात्रा योजनामा अवरोध आउन सक्ने चेतावनी दिए । इरान र उसका समर्थक समूहबाट अमेरिकी नागरिक, कम्पनी तथा संस्थाहरू निशानामा पर्न सक्ने जोखिमप्रति पनि सचेत ।

अमेरिकी नियोगहरूले यात्रुहरूलाई विमान कम्पनी र विमानस्थलबाट उडानको पछिल्लो अवस्था पुष्टि गर्न तथा यात्रा योजनामा लचकता अपनाउन सुझाव दिए ।
इराकमा बग्दाद, इर्बिल, बसरा र सुलेमानिया तथा लेबनानमा बेरुतस्थित रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट जानकारी लिन आग्रह ।

यमनमा सुरक्षा जोखिमका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई आपत्कालीन सहायता उपलब्ध गराउन नसक्ने चेतावनीसमेत दिए ।
अमेरिकाले नागरिकलाई प्रदर्शन र ठूलो भीडबाट टाढा रहन, स्थानीय सञ्चारमाध्यमबाट सुरक्षा अवस्थाबारे जानकारी लिन, मोबाइल फोन चार्ज राख्न र अधिकारीहरूको निर्देशन पालना गर्न गर्यो आग्रह ।
इरानका लागि अमेरिकी भर्चुअल दूतावासले समेत अमेरिकी नागरिकलाई इरान यात्रा नगर्न र त्यहाँ रहेका नागरिकलाई तत्काल देश छाड्नगर्याे आग्रह



