नेपालको एकदिवसीय मान्यता जोगियो कि गुम्यो ?

३ कात्तिक २०८३, मंगलबार
Share this
747shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले उल्लेख गरेपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) भने मौन ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत यस्तो जनाएको हो।

Advertisement

एसीसीको आधिकारिक फेसबुक पेजमा नेपाल र ओमानबीचको खेलको नतिजासहित राखिएको पोस्टमा महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाएको उल्लेख छ।

तर, एसीसीले यस्तो बताए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भने नेपालको ओडीआई मान्यता सुरक्षित भएको विषयमा छुट्टै औपचारिक घोषणा गरेको छैन।

Advertisement

आईसीसीको आधिकारिक फेसबुक पेजमा नेपालले ओमानमाथि महत्त्वपूर्ण जित निकालेको उल्लेख गरिए पनि ओडीआई मान्यताबारे केही भनिएको छैन।

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले १० रनको रोमाञ्चक जित निकाल्दै लिग–२ अभियान टुङ्ग्याएको छ।

एसीसीको घोषणाले नेपाली क्रिकेट समर्थकमा उत्साह थपे पनि ओडीआई मान्यताको औपचारिक अवस्थाबारे आईसीसीको धारणा महत्त्वपूर्ण हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top