मङ्गलको चन्द्रमाबाट धुलो ल्याउन जापानको अन्तरिक्ष अभियान

३ कात्तिक २०८३, मंगलबार
Share this
738shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

जापानद्वारा मङ्गल ग्रहको चन्द्रमा ‘फोबोस’बाट धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष यान प्रक्षेपण ।

मार्स मुन्स एक्सप्लोरेसन (एमएमएक्स) नाम दिइएको यो अभियान सफल भए मङ्गल ग्रह वा यसका चन्द्रमाबाट प्रत्यक्ष नमुना ल्याउने पहिलो अभियान हुने ।

Advertisement

जापानी अन्तरिक्ष एजेन्सीको नेतृत्वमा सञ्चालित यो मिसन सन् २०२७ को अगस्टमा फोबोस पुग्ने तालिका ।

यानले सुरुमा डेमोसको अध्ययन गर्नेछ भने त्यसपछि फोबोसमा केन्द्रित हुनेछ।

Advertisement

त्यहाँ भूभाग अध्ययन गर्न सानो रोभर अवतरण गराउने र रोबोटिक हातको सहायताले धुलो सङ्कलन गर्ने योजना छ।

अभियानले करिब १० ग्राम नमुना सङ्कलन गरी विशेष क्याप्सुलमा राख्नेछ।

योजना अनुसार सन् २०३१ मा यान दक्षिण अस्ट्रेलियाको वुमेरा मरुभूमिमा अवतरण गर्दै पृथ्वी फर्कनेछ।

फोबोस र डेमोस मङ्गलसँग ठोक्किएको अन्तरिक्ष चट्टानका अवशेषबाट बनेका हुन् वा मङ्गलको गुरुत्वाकर्षणले तानेका क्षुद्रग्रह हुन् भन्ने रहस्य सुल्झाउन नमुनाले सहयोग गर्ने वैज्ञानिकहरूको अपेक्षा ।

फोबोसमा मङ्गलको सतहबाट उछिट्टिएका कणसमेत भेटिन सक्ने भएकाले यसबाट मङ्गलको संरचना र इतिहासबारे थप जानकारी प्राप्त हुने आशा

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top