३ कार्तिक , काठमाण्डौ ।
अस्ट्रेलियामा राजनीतिज्ञमाथि हिंसात्मक आक्रमण हुन सक्ने चिन्ता बढिरहेका बेला स्वतन्त्र सांसद हेलेन हेन्स गम्भीर घाइते ।
भिक्टोरिया राज्यको क्षेत्रीय सहर वाङ्गारट्टास्थित आफ्नै कार्यालयबाहिर उनलाई कारले ठक्कर दियो ।

घटनास्थलबाट प्रहरीद्वारा ४३ वर्षीय एक पुरुषलाई पक्राउ गर्नुका साथै एउटा चक्कु बरामद ।
तर, हेन्समाथि नियतवश आक्रमण गरिएको हो वा घटना दुर्घटना थियो भन्नेबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन।

प्रधानमन्त्री एन्थोनी अल्बालिजले भने घटनालाई नियतवश गरिएको कार्यका रूपमा चित्रण गरेका छन्।
राष्ट्रिय प्रसारण संस्थासँग कुरा गर्दै उनले भने, “यो दुर्घटना थिएन। यो नियतवश गरिएको कार्यजस्तै देखिन्छ।”
आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि अस्ट्रेलियाली सङ्घीय प्रहरीको प्रतिआतङ्कवाद टोलीले राज्य प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको उल्लेख ।
अस्ट्रेलियालाई तुलनात्मक रूपमा शान्त र सभ्य राजनीतिक संवाद भएको देश मानिन्छ।
तर पछिल्लो समय सामाजिक ध्रुवीकरण र राजनीतिक बहसमा बढ्दो उग्रताले सांसद तथा सार्वजनिक व्यक्तित्वको सुरक्षाबारे चिन्ता बढाएको छ।
यसअघि प्रधानमन्त्री अल्बालिजलाई पनि बमको धम्की आएपछि सरकारी निवासबाट सुरक्षित स्थानमा सारिएको थियो।
गत अगस्टसम्मको विवरणअनुसार उनलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा करिब २० वटा मुद्दा विभिन्न अदालतमा विचाराधीन थिए।



