यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा हुने

५ कात्तिक २०८३, बिहीबार
Share this
741shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुने ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली भूमिमा हुने खेलहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहआयोजकका रूपमा सहभागी हुने ।

Advertisement

नेपालले पहिलोपटक यू–१९ महिला विश्वकप आयोजना गर्ने अवसर पाएको हो।

प्रतियोगिताको समूह चरणमा नेपालले भारत, आयरल्याण्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने ।

घरेलु मैदानमै विश्वकपका खेल खेल्न पाउने भएकाले नेपाली युवा महिला क्रिकेट टोलीका लागि प्रतियोगिता विशेष अवसरका रूपमा हेरिदै ।

विश्वकपका खेल नेपालमा आयोजना हुनुले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न तथा पूर्वाधारको उपयोग र विकासमा समेत योगदान पुग्ने अपेक्षा ।

नेपालले पहिलोपटक आयोजना गर्न लागेको यू–१९ महिला टी–२० विश्वकपले नेपाली महिला क्रिकेटको विकास र आगामी पुस्ताका खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top