एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी–२० मान्यता

५ कात्तिक २०८३, बिहीबार
Share this
685shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग एनपीएलका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘लिस्ट ए’ टी–२० मान्यता पाउने ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ए टी–२०को मान्यता प्राप्त हुने जानकारी दियो ।

Advertisement

क्यानका अनुसार यस मान्यताले नेपाली क्रिकेटको व्यावसायिकता थप उचाइमा पु¥याउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि सुरु हुँदै ।

Advertisement

घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्दै ।

आईसीसीको लिस्ट ए मान्यता प्राप्त भएपछि एनपीएलका खेलहरूको अन्तर्राष्ट्रिय क्रिकेट तथ्यांकमा समेत औपचारिक महत्त्व बढ्ने ।

यसले नेपाली खेलाडीको प्रदर्शन, व्यक्तिगत तथ्यांक तथा प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा जोड्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top