एआईको तहल्काः नेपालसहित विभिन्न देशका सरकारी वेभसाइट बन्द

५ कात्तिक २०८३, बिहीबार
Share this
810shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

एआईले पत्ता लगायो ठूला सुरक्षा कमजोरी, विश्वका वेभसाइट बन्दकृत्रिम बुद्धिमत्ता (एआई) को आगमनले दिनानु दिन विश्वभर तीव्र बहस छेडेको छ । यो प्रविधि मानव अस्तित्वका लागि खतरा हो कि अवसर ? के एआईले मान्छेलाई कामविहीन गराउँदैछ ? वा एआईले थप नयाँ अवसर लिएर आएको छ ?

यसले ल्याउने सम्भावना र चुनौतीहरू कुन धेरै छन् भन्ने प्रश्नहरू प्रविधिमा चमत्कार गरिरहेका देशहरुमा मात्रै होइन, नेपाल जस्ता देशहरुमा समेत ब्यापक रुपमा भइरहेको छ।

Advertisement

पछिल्लो समय इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई एज्ए को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए। बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो ।

Advertisement

तर, समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो । आज बिहीबार बिहानसम्म नेपालका डट जीओभी डट एनपी वेबसाइटहरु खुलेका छैनन् ।

नेपालका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र पालिकाका वेबसाइटहरु खुलेका छैनन् । सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले पनि आफ्ना केही वेब पृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत जोखिमका कारण आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ । एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म सीधा पहुँच प्राप्त गर्ने बाटो दिन सक्छन् ।

त्यसबाट संवेदनशील सूचना चोरी हुने वा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ । यी दुई सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विजले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ ।

एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पु¥याइरहेको छ । तर, यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

यसैबीच, ह्वाइट हाउसले अमेरिकी संघीय निकायहरू सुरक्षा समस्या समाधान गर्न प्रमुख एआई प्रयोगशालाहरूसँग सहकार्य गरिरहेको जनाएको छ । जोखिम न्यूनीकरण गर्न र सुरक्षा अपडेट कार्यान्वयनलाई तीव्रता दिन यस्तो सहकार्य गरिएको हो ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई एज्ए को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।

यसअघि, एआईद्वारा सञ्चालित गुगलको बग हन्टरले पहिलो पटक २० ओटा सुरक्षा कमजोरीहरू पत्ता लगाएको थियो । कम्पनीकी सुरक्षा विभागकी उपप्रमुख हेदर एड्किन्सले ‘बिग स्लिप’ नामक एआई टुलले पत्ता लगाएका सुरक्षा कमजोरीबारे जानकारी दिएकी थिइन ।

उपप्रमुख एड्किन्सका अनुसार यस एआई टुलले उक्त कमजोरी चर्चित ओपन सोर्स सफ्टवेयरमा फेला पारेको हो । यसैलाई लिएर अहिले ‘स्वचालित सुरक्षा अनुसन्धान’मा नयाँ युगको सुरुवात गरेको मानिएको छ ।

गुगलको एआई विभाग ‘डीपमाईन्ड’ र ह्याकरको एलिट टिम ‘प्रोजेक्ट जिरो’ले संयुक्त रूपमा विकास गरेको ‘बिग स्लिप’ ले अडियो–भिडिओ लाइब्रेरी एफएफएमपीईजी (mँँउभन) र इमेज–एडिटिङ सफ्टवेयर इमेजम्याजिक (क्ष्mबनभःबनष्अप) जस्ता सफ्टवेयरमा यी कमजोरी पत्ता लगाएको थियो ।

एआईले आफैं यी कमजोरी पत्ता लगाउनुलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको थियो । यसलाई स्वचालित प्रणालीका रूपमा चर्चा गरे पनि यस प्रक्रियामा मानव संलग्नता पनि रहेको छ ।

गुगलकी प्रवक्ता किम्बर्ली सामराले भनिन्, “उच्च गुणस्तर र एक्जिक्युटएबल (कार्यान्वयन योग्य) रिपोर्ट सुनिश्चित गर्न हामीले रिपोर्ट गर्नुअघि एक मानव विज्ञलाई संलग्न गराएका छौं। तर प्रत्येक कमजोरी एआई एजेन्टले नै कुनै मानवीय हस्तक्षेप बिना पत्ता लगाएको हो ।”

गुगलका इन्जिनियरिङ भिभागकका उपप्रमुख रोयल ह्यान्सनले यसलाई ‘स्वचालित कमजोरी पहिचानमा नयाँ सिमाना’ को संज्ञा दिएका छन् । विभिन्न किसिमका सफ्टवेयर, सिस्टम, वेबसाइटमा कमजोरी पत्ता लगाउन सक्ने एआई उपकरण अब वास्तविकता बनिसकेका छन् ।

‘बिग स्लिप’ बाहेक बजारमा ‘रनसिबिल’ र ‘एक्सबो’ जस्ता अन्य एआई टुल पनि छन् । ‘एक्सबो’ले बग बाउन्टी प्लेटफर्म ह्याकरवन को अमेरिकी लिडरबोर्डमा शीर्ष स्थान हासिल गरेपछि चर्चा कमाएको थियो ।

एआईको यो प्रगतिले एकातिर साइबर सुरक्षालाई बलियो बनाउने आशा जगाएको छ भने अर्कोतिर बग हन्टर (सुरक्षा अनुसन्धानकर्ता) हरूको भविष्य के होला भन्ने प्रश्न पनि खडा गरेको छ । यी उपकरणमा धेरै सम्भावना भए पनि यसका नकारात्मक पक्ष पनि छन् ।

विभिन्न सफ्टवेयर प्रोजेक्टका सञ्चालकले एआईले पठाएका बग रिपोर्टहरू प्रायः भ्रम वा गुणस्तरहीन हुने गुनासो गरेका छन् । कतिपयले यसलाई ‘एआई स्लप’ अर्थात् एआईले उत्पादन गरेको फोहोर रिपोर्टको संज्ञा दिएका छन् ।

एआई बग हन्टर बनाउने स्टार्टअप रनसिबिलका सह–संस्थापक भ्लाद इओनेस्कु टेकक्रन्चलाई भन्छन्, “समस्या के हो भने हामीले सुन जस्तो देखिने धेरै रिपोर्ट पाइरहेका छौं । तर वास्तवमा त्यो काम नलाग्ने फोहोर मात्र हो ।”

एआईले सुरक्षा अनुसन्धानमा सहयोग गरे पनि मानव विज्ञको समीक्षा, प्रमाणीकरण र अन्तिम निर्णयको भूमिका अझै महत्वपूर्ण हुने विज्ञहरूको तर्क छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top