नेपाल–भारत शृंखलाको मिति परिवर्तन, कुन–कुन टिमले खेल्छन् प्लेअफ ?

५ कात्तिक २०८३, बिहीबार
Share this
728shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

Advertisement

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छानिनेछन् । यसैबिच क्यानले नेपाल र भारत ’ए’बिचको शृंखलाको निर्धारित मिति परिवर्तन हुनेबारे पनि जानकारी गराएको छ । 

Advertisement

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र इन्डिया एबिच हुने भनिएको क्रिकेट शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड र नेपाल क्रिकेट संघबिचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने जनाइएको छ ।

आईसीसी सीडब्ल्यूसी क्वालिफायर प्लेअफ नेपालका लागि निकै महत्त्वपूर्ण छ । यो २०२७ को आईसीसी मेन्स क्रिकेट विश्वकपको ढोका खोल्नसक्ने प्रतियोगिता हो । यस प्रतियोगितामा ८ टिम सहभागी हुनेछ्न् ।

यसबाट शीर्ष ४ टिम अगाडि बढेर मुख्य आईसीसी मेन्स क्रिकेट विश्वकप क्वालिफायरमा पुग्छन् । लिग २ का तल्लो ४ टिम (नेपाल, क्यानडा, युएई र नामिबिया र ओमानमध्ये जो बाँकी रहन्छ) र विश्वकप च्यालेन्ज लिग (तेस्रो तहको लिग) का शीर्ष ४ टिमपणले अफमा भिड्नेछन् ।

नेपाल लिग २ मा शीर्ष ४ मा पर्न नसकेपछि सिधै क्वालिफायरमा जान पाएन । अब यो प्लेअफमा राम्रो प्रदर्शन गरेर शीर्ष ४ मा परेमा मुख्य क्वालिफायरमा जान सक्छ । त्यहाँबाट विश्वकपको टिकट काट्न सकिन्छ।

यो प्रतियोगिता होम ग्राउन्डमा हुनु भएकाले नेपालका लागि ठूलो फाइदा हो । यसले लिग २ र च्यालेन्ज लिगबीच प्रमोसन–रेलिगेसन पनि निर्धारण गर्छ । डिसेम्बर ४ देखि २१ सम्म चल्ने भएकाले लगभग १८ दिनको लामो प्रतियोगिता हुनेछ ।

यस्तै क्यानले आयोजना गर्न लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले पनि आईसीसीबाट आधिकारिक मान्यता पाएको अर्को सुखद खबर पनि यसअघि नै आइसकेको छ ।

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। आईसीसीको मान्यता प्राप्त भएसँगै प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका हुन् ।

यस उपलब्धिले नेपाली क्रिकेटको विकास र व्यावसायिकता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान थप मजबुत बनाउने क्यानले विश्वास लिएको छ ।
यसैबीच कर्णाली याक्सले तेस्रो एनपीएलका लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ ।

क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो । लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन् । तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्।

त्यस्तै ६३ विकेट लिएका छन्। यस क्रममा उनले दुई अर्धशतक बनाएका थिए । एकदिवसीयतर्फ १२ खेल खेल्दा उनले २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन् । लिसट एमा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन् ।

यस्तै, १४१ विकेट लिएका छन्। तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुत भएको कर्णाली याक्स स्पोट्स् प्रालिका मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् । उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए ।

पाकिस्तानी अलराउन्डर तेस्रो सिजनको लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्राइसकेको छ ।

त्यस्तै दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन्। वाटबाहेक तला, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्दै छन् ।

कात्तिक ९ गते सुरु हुने एनपीएल तेस्रो संस्करणका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।

यसैगरी कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।

यता बङ्गलादेशका अलराउन्डर मेहदी हसनले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । हिजो पोखराले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।

बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसनले एनपीएलको तेस्रो संस्करण आफ्नो टोलीबाट खेल्ने पोखराले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

३१ वर्षीय हसनले अहिलेसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् । साथै विभिन्न ६ वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग समेत खेलेका छन् ।

एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top