६ कार्तिक , काठमाण्डौ ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्यो ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने



