६ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ ।
प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत हिजो साँझ ८ बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो।

तर, क्रिकेटप्रेमीको चाप बढेपछि साढे ८ बजे नै बुकिङ बन्द ।
कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै ।

दुवै टोली अघिल्लो संस्करणका फाइनलिस्ट हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकेको छ।
त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँ निर्धारण ।
तीव्र मागका कारण उद्घाटन खेलको टिकट आधा घण्टामै सकिएको भए पनि क्यान वा इसेवाले बिक्री भएका टिकटको कुल सङ्ख्या भने सार्वजनिक गरेका छैनन्।



