६ कार्तिक , काठमाण्डौ ।
साउदी अरबमा लगातार आक्रमण भइरहेका बेला अमेरिकाले त्यहाँ कार्यरत केही कूटनीतिज्ञ र अमेरिकी सरकारी कर्मचारीका परिवारलाई देश छाड्न दियो आदेश ।
अमेरिकी विदेश मन्त्रालयले कर्मचारी तथा उनीहरूका परिवारको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको उल्लेख ।

द गार्जियनका अनुसार पछिल्ला आक्रमणमा साउदी अरबको एक विमानस्थल र तेल प्रशोधनसम्बन्धी पूर्वाधारमा क्षति पुगेको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ।
यमनका इरानसमर्थित हुथी विद्रोहीले सर्वसाधारणले प्रयोग गर्ने विमानस्थल तथा अन्य संवेदनशील पूर्वाधारलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरेपछि अमेरिकाले कर्मचारीको सुरक्षासम्बन्धी कदम चालेको हो।

कर्मचारी र उनीहरूका परिवारको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटको भनाइ ।
मन्त्रालयका अनुसार आदेश रियादस्थित अमेरिकी दूतावाससहित साउदी अरबमा रहेका अन्य अमेरिकी कूटनीतिक नियोगमा लागू हुने ।
यसअघि इरानविरुद्ध अमेरिकाले युद्ध सुरु गरेलगत्तै रियादस्थित अमेरिकी दूतावासमा ठूलो क्षति पुगेको थियो।
त्यसपछि दूतावास सीमित कर्मचारीका भरमा सञ्चालन हुँदै आएको थियो।



