×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकार जमालको हत्या भएको साउदी सरकारद्वारा स्वीकार

५ कार्तिक २०७५

एजेन्सी,कात्तिक ५
साउदी अरेबियाले पत्रकार जमाल खसोग्जीको हत्या भएको स्वीकार गरेको छ । त्यसका लागि छाडा एजेन्टहरू जिम्मेवार भएको उसले बताएको छ ।

साउदी विदेशमन्त्री आदिल अल–जुबैरले त्यो भयङ्कर भूल भएको बताएका छन् । यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खसोग्जी हत्या गराइएको आरोप भने उनले अस्वीकार गरेका छन् ।

Advertisement
Advertisement

पत्रकार खशोग्जीबारेको विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि ठूलो दबाबमा छ । अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए । आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए ।

वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूले खशोग्जीको हत्या गरेको टर्कीका अधिकारीहरूको भनाइ छ । यसअघि साउदी अरेबियाले खसोग्गी वाणिज्य दूतावास भवनबाट त्यो दिन सकुशल बाहिरिएको बताउँदै आएको थियो । तर शुक्रवार पहिलो पटक उसले वाणिज्य दूतावासका कर्मचारीहरूसँग खसोग्गीको बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गरेको छ ।

Advertisement

आफ्ना पछिल्ला टिप्पणीमा साउदी विदेशमन्त्री अल–जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गरेका छन् । खशोग्जीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अलजुबैरले बताएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top