मुस्ताङ र आसपासमा तीन दिन पदयात्रा नगर्न आग्रह

११ कात्तिक २०८३, बुधबार
Share this
734shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

मौसम प्रतिकूल हुने सम्भावना रहेकाले मुस्ताङको जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न सर्वसाधारण तथा पर्यटकलाई गर्याे आग्रह ।

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेको प्रशासनको अनुमान ।

Advertisement

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलद्वारा चिसो बढ्नुका साथै सडकमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध ।

यसैगरी, लोमन्थाङ गाउँपालिकाले प्रतिकूल मौसमका कारण कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटनाको जोखिम बढ्ने र सडक अवरुद्ध हुन सक्ने भन्दै यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई कोरला नाकातर्फ सवारीसाधन नलैजान आग्रह ।

Advertisement

गाउँपालिकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न गर्याे अनुरोध ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top