सहकारी ठगी मुद्दाको सुनुवाइ अब फास्ट ट्रयाकमा

११ कात्तिक २०८३, बुधबार
Share this
716shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

सहकारी ठगीबाट पीडित बचतकर्तालाई छिटो न्याय दिलाउन सर्वोच्च अदालतले सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र सुनुवाइ गर्ने प्रक्रिया अघि बढायो ।

सर्वोच्चले मंगलबार सबै जिल्ला अदालतलाई परिपत्र गर्दै मुद्दाको चापअनुसार छुट्टै इजलास गठन गर्न वा छुट्टै समूह बनाएर प्राथमिकताका साथ सुनुवाइ गर्न निर्देशन दियो ।

Advertisement

सर्वोच्च अदालतका सहायक प्रवक्ता घनश्याम सुवेदीका अनुसार एक सयभन्दा बढी सहकारी ठगीसम्बन्धी मुद्दा भएका अदालतमा समर्पित इजलास गठन गरिने ।

त्यसभन्दा कम मुद्दा भएका अदालतमा भने यस्ता मुद्दालाई छुट्टै समूहमा राखेर प्राथमिकताका साथ सुनुवाइ गरिने ।

Advertisement

प्रधानन्यायाधीश मनोजकुमार शर्माले गत असोज २० गते यससम्बन्धी निर्णय गरेका थिए।

यसअघि सर्वोच्च अदालतले गत वर्ष माघ ११ गते सहकारी कसुरसम्बन्धी मुद्दा छिटो टुंग्याउन आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न आदेश दिएको थियो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको समितिले पनि विशेष इजलास गठन गर्न सिफारिस गरेको थियो।

काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, मोरङ, सुनसरीसहित १० जिल्लामा समर्पित इजलास गठन गर्न सुझाव सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको र न्यायमा ढिलाइ भएको भन्दै शीघ्र सुनुवाइको माग ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top