१७ कार्तिक , काठमाण्डौ ।
सरकारद्धारा आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन ।
कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य ।
कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन ।
सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै ।



