२० कार्तिक , काठमाण्डौ ।
युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि बिहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित ।
यसअघि मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए।

धम्कीपछि केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको उल्लेख ।
विमानको सुरक्षाका लागि विभिन्न देशका वायुसेनाले लडाकु जेटसमेत परिचालन ।
इटाली, चेक गणतन्त्र, बुल्गेरिया र फ्रान्सलगायत देशका विमानस्थलमा सुरक्षा जाँच कडा ।
रोम आउने विमानलाई लक्षित गरी इमेलमार्फत धम्की आएपछि सुरक्षा निकाय सक्रिय भएका थिए।
त्यस्तै, प्रागमा अवतरण गरेका चारवटा विमानमा प्रहरीले जाँच गरेको थियो।
तर, अहिलेसम्म कुनै पनि विमानमा विस्फोटक पदार्थ फेला नपरेको उल्लेख ।
धम्कीपछि फिनल्यान्डबाट रोम आउँदै गरेको फिनएयरको विमानलाई इटालीको वायुसेनाले लडाकु जेटमार्फत सुरक्षा दिएको थियो।
यस्तै, बुल्गेरिया गइरहेका र्यानएयरका तीनवटा विमानलाई पनि सैन्य विमानले सुरक्षा प्रदान गरेका थिए।
डब्लिनबाट रोमका लागि उडेको एर लिङ्गसको विमानलाई फ्रान्सको सैन्य विमानस्थलमा अवतरण गराइएको थियो।
धम्की दिने समूह र त्यसको उद्देश्यबारे भने अहिलेसम्म खुल्न नसकेको उल्लेख ।



