एनपीएलमा आज दुई खेल

२६ कात्तिक २०८३, बिहीबार
Share this
787shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीबार दुई खेल हुँदै।

भाइटीकाका कारण बुधबार स्थगित भएका खेलपछि आज प्रतियोगिता पुनः सञ्चालन हुँदै ।

Advertisement

आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने।

पाँच खेलबाट दुई अंक जोडेको पोखरा अंकतालिकाको अन्तिम स्थानमा रहदा विराटनगर भने चार अंकसहित छैटौँ स्थानमा ।

त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्ने ।

साँझ ५ बजे सुरु हुने खेलमा लुम्बिनी आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुने।

पाँच खेलबाट सात अंक जोडेको लुम्बिनी अंकतालिकाको तेस्रो स्थानमा छ भने कर्णाली चार अंकसहित सातौँ स्थानमा ।

अंकतालिकामा काठमाडौं गोर्खाज आठ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम रोयल्स समान आठ अंकसहित दोस्रो स्थानमा ।

आजका दुवै खेल प्लेअफ प्रवेशको सम्भावना बलियो बनाउन टोलीहरूका लागि महत्वपूर्ण हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top