२६ कार्तिक , काठमाण्डौ ।
सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते ।
बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीनजना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए।
घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ की सात वर्षीया रिदिमा सरदारको मृत्यु भएको प्रहरीको भनाइ ।
दुर्घटनामा घाइते भएका अन्य पाँचजना उपचारत।



