२७ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बन्यो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए।
त्यस्तै, दिलिप नाथले अविजित २८ र निरोशन डिक्वेलाले १६ रन बनाए।
कर्णालीका मार्क वाटले चार विकेट लिए भने पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २८, हुसेन तलतले २४ र गुल्सन झाले १३ रन बनाए।
लुम्बिनीका अभिषेक गौतम, किशोर महतो, डार्सी सर्ट र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए।
जितसँगै लुम्बिनी ६ खेलबाट नौ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने दुई जित र चार हारसहित चार अंकमा रहेको कर्णालीको प्लेअफ यात्रा भने कठिन ।
अब कर्णालीले अन्तिम खेलमा चितवन राइनोजलाई हराउनुपर्ने ।



