एनपीएलको प्लेअफ समीकरण पूरा, विराटनगरसहित ४ टिम बाहिरिए

२९ कात्तिक २०८३, आइतबार
Share this
767shares

२९ कार्तिक , काठमाण्डौ ।    विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। योसँगै एनपीएलको प्लेअफ समीकरण पनि पूरा भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि लुम्बिनी शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर्स खेल्ने भएको हो । अब प्लेअफमा लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेका छन् । जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएको छ ।

Advertisement

विराटनगरको हारले भने काठमाडौँ गोखार्ज र चितवन राइनोज एक खेल अगावै प्लेअफमा पुगेका छन्। साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक प्लेअफ पुगेको हो। विराटनगरले दिएको १ सय ७६ रनको लक्ष्य लुम्बिनीले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र आशिफ शेखले ११.५ ओभरमा ६ रनको साझेदारी गर्दै लुम्बिनीले उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर डार्सी ३ बलमा ३ चौका र १ छक्का सहयोगमा ४५ रन बनाउँदा चरिथ असलंकाको बलमा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ पनि ४५ रन बनाउँदा नै रन आउट भए। ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका आशिफ रन आउट हुन पुगेका हुन्। १३ औँ ओभरको चौथो बलमा अपराजित पौडेलले निरोसन डिकवेल्ला र पाचौँ बलमा दिलिप नाथको विकेट लिएपछि लुम्बिनी दबाबमा आएको थियो। त्यसपछि क्रिजमा आएका अली शेख र कप्तान रोहित पौडेलले पाचौँ विकेटका लागि २२ रनको साझेदारी गर्दै क्रिज सम्हाले। कप्तान रोहित ९ रनमा रनआउट भए। छैटौँ विकेटका लागि अली शेख र सन्दीप जोराले ४२ रनको साझेदारी गरेपछि लुम्बिनीले जितको आधार तयार पारेको थियो। १९ बलमा १ चौका र २ छक्का हानेका अली २७ रनमा क्याच आउट भए। सन्दीप २५ र रवेन ट्रम्पलमेन ६ रनमा नटआउट रहे। लुम्बिनीलाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा विराटनगरका रुपेश सिंह बलिङमा आए। रुपेशले पहिलो बलमा नो बल हानेपनि अली शेखले छक्का प्रहार गरेपछि खेल लुम्बिनीको पक्षमा गएको थियो। अन्तिम ओभरको चौथो बलमा अली क्याच आउट भएपछि क्रिजमा गएका रुवेनले छक्का प्रहार गरेपछि लुम्बिनीले जित हात पारेको थियो।विराटनगरका लागि पौडेलले १ ओभरमा ५ रन दिएर २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा सम्मानजनक १ सय ६६ रनको योगफल तयार पारेको थियो। दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी भएपछि विराटनगर बलियो स्थितीमा पुगेको थियो। इमरान शेख रिटाडर्य हर्ट हुँदा विराटनगरले १०.२ ओभरमा ७१ रन बनाएको थियो।

ओपनर शेख २९ बलमा १ छक्का सहयोगमा २४ रन बनाउँदा रिटायर्ड हर्ट भए। ११ औँ ओभरको दोस्रो बलमा खुट्टामा चोट बोकेपछि इमरान पेभेलियन फर्किए। त्यसपछि क्रिज सम्हाल्न शुभम रन्जाने पुगेका थिए।विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको योगदान दिए। ४३ बलमा १ चौका र ६ छक्का सहयोगमा ६४ रन बनाउँदा रुवेनको बलमा क्याच आउट भए। असलंकाले अर्धशतक पुरा गरे। उनले ३९ बलमा ४ चौका र ५ छक्का सहयोगमा अर्धशतक हाने। उनी आउट हुनुअघि असलंका र रन्जानेले ४१ रनको साझेदारी गरे। असलंकाले आजको खेलमा २ पटक जिवनदान पाएका थिए। ३७ रन बनाउँदा रुवेन ट्रम्पलम्यानले क्याच छाडे। अर्को पटक ४७ रन बनाउँदा आशिफ शेखले क्याच छोड्दा असलंकाले जिवनदान पाएका थिए। शुभम रन्जाले ३१ र बसिर अहमद ४ रनमा अविजित रहे।

Advertisement

लोकेश बम १५ रन बनाउँदा किशोर महतोको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। सेहान जयसुर्या १ रनमा अविशेष गौतमको बलमा एलबीडब्लु धरापमा परे। इसुरु उडाना ६ रनका आउट भए। लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए। रुवेन ट्रम्पलमेन र अविशेष गौतमले समान एक विकेट आफ्नो नाममा गरे। एनपीएलमा आज आइतबार २ खेल रहेको छ। दिनको पहिलो खेलमा बाहिरिएको कर्णाली याक्स र प्लेअफमा पुगेको चितवन राइनोज खेल्नेछन्। दोस्रो खेलमा पाि प्लेअफमा पुगेको काठमाडौ गोर्खाज र बाहिरिएको पोखरा एभेन्जर्स भिड्नेछन्। काठमाडौले पोखरालाई पराजित गरे पहिलो क्वालिफायरमा स्थान बनाउनेछ। प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली र पोखरा अन्तिम खेलमा जित निकाल्दै एनपीलको तेस्रो सिजनको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top