एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै (भिडिओसहित)

३ मंसिर २०८३, बिहीबार
Share this
710shares

३ मंसिर , काठमाण्डौ ।      नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवनले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो ।

Advertisement

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो । उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो । पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएकी सुदूर तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।हिजो भएको खेलमा काठमाण्डू गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज क्वालिफायर्स २ मा प्रवेश गरेको हो । एनपीएलको इतिहासमा टोली पहिलोपटक क्वालिफायर्स २ पुगेको हो । यसअघि चितवनले पहिलो सिजन इलिमिनेटरसम्म खेलेको थियो भने दोस्रो सिजन लिग चरणसम्म खेलेको थियो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउसक्यो । चितवनको जितमा रिजन ढकालले महत्त्वपूर्ण चार विकेट लिए । उनले चार ओभरमा १६ रन मात्र खचिँदै किफायती बलिङ गरे । उनको प्रदर्शत चितवनलाई काठमाण्डूमाथि सुरुआतदेखि नै दबाब बढाउन सहयोगी बन्यो । रिजनले पावर प्लेमै टोलीलाई दुई विकेट दिलाए । उनले १.२ ओभरमा साहिल पटेललाई देव खनालबाट क्याच गराए । दोस्रो विकेटको रूपमा रिजनले ओपनर साम हेजलिटलाई बोल्ड गरे । यसपछि उनले तेस्रो विकेटको रूपमा सोनु देवकोटलाई १५.३ ओभरमा कुशल मल्लबाट क्याच गराए । १७.२ ओभरमा रिजनले सन्तोष यादवलाई आफ्नो चौथो सिकार बनाए । पाकिस्तानी बलर उसमा मिरले तीन विकेट लिए । उनको प्रदर्शन काठमाण्डूको मध्यक्रम धरासायी बनाउन निर्णायक रह्यो । उनले विल बोसिस्टो, सेहन अरचिगे र कप्तान करण केसीलाई सस्तैमा पभेलियन फर्काए । त्यसैगरी, सलाहुदिन खान र कुशल मल्लले समान एक विकेट लिए ।

काठमाण्डूका मुख्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न नसक्दा ब्याटिङमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । टोली चितवनसामु निररिह भयो । ३७ रन बनाएका विलियम नै टोलीको निम्ति व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याटर बने । अविजित रहेका भीम शार्कीले ३० रन बनाए । सेहनले २४ रन बनाए । रशिदले १२ रन बनाए । सन्तोषले १० रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्नसकेनन् । सोनुले ६ रन बनाए । गणेश गौतमले चार, सामले तीन र साहिलले दुई रन बनाए । कप्तान करण र जहानडाड खानले समान एक रन जोडे ।

Advertisement

त्यसअघि टस जितेर ब्याटिङ राजेको चितवनले काठमाण्डूविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । चितवनका निम्ति ओपनर कमिल मिसराले अविजित १२० रनको विस्फोटक शतकीय पारी खेले । मिसराको इनिङ उक्त विशाल लक्ष्यको मुख्य आधार बन्यो । एनपीएलमा उनको यो पहिलो शतक हो । योसँगै उनी जारी सिजन शतक प्रहार गर्ने दोस्रो ब्याटर बनेका छन् । यसअघि पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रनको शतकीय पारी खेल्दै पहिलो शतक प्रहार गरेका थिए । कमिलले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे ।

यसका साथै उनले जारी सिजन व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याटरको पनि कीर्तिमान रचेका छन् । यसअघि यो कीर्तिमान सम्राको नाममा थियो । कप्तान रवि बोपाराले ५३ रनको अर्धशतकीय इनिङ खेले । एनपीएलमा रविको यो दोस्रो अर्धशतक हो । उनले यसअघि लिग चरणमा काठमाण्डूविरुद्धै पहिलो अर्धशतक प्रहार गरेका थिए । उनले अर्धशतक प्रहार गर्नेक्रममा ४२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

यी दुईले टोलीको उक्त विशाल लक्ष्यमा १५४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर, १८.३ ओभरमा रवि बोल्ड भएपछि उक्त साझेदारी तोडिएको थियो । ओपनर देवले १७ रन बनाए । विवेक आठ रन बनाएर पभेलियन फर्किए । काठमाण्डूका निम्ति कप्तान करण र रसिदले समान दुई विकेट लिए । हारसँगै काठमाण्डू प्रतियोगिताबाट बाहिरिएको छ । एनपीएलको उपाधि भिडन्त भने शनिबार आजको विजेता र लुम्बिनीबीच हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top