प्रदेश राजधानी माग्दै चार शहर

विराटनगर : प्रदेश सरकारले स्थायी राजधानी र नामको विषयमा आन्तिरिक छलफल तीव्र गरेपछि राजधानी माग्दै पुर्वी नेपालका चार ठुला शहरले लबिङ सुरु गरेका छन् ।

स्थायी राजधानी माग्ने शहरमा अस्थायी राजधानी विराटनगर, इटहरी , धनकुटा र धरान छन् । मोरङको गोठगाउँमा पनि राजधाजी बनाउन आवश्यक जग्गा रहेको भन्दै सुन्दरहरैँचावासीले राजधानीको माग गरेका छन् । राजधानी माग्ने चार शहरलाई विराटनगर – रानी किमाङथाङ्का सडकको ९६ किलोमिटर खण्डमा छन् ।

राजधानी सार्ने वा विराटनगरलाई स्थायी कायम गर्ने भन्ने विषयमा मन्त्रीपरिषद् भित्र पनि विवाद छ । प्रदेश सरकारमा मुख्यमन्त्री शेरधन राई विराटनगरमा केही संरचना राखेर इटहरीमा प्रदेशसभा सार्ने पक्षमा छन् तर अन्य मन्त्रीले राजधानी विराटनगरमा नै हुनुपर्छ भन्ने पक्षमा छन् ।

Advertisement

राजधानी माग्दै आन्दोलन गर्ने शहरलाई सम्बोधन गर्न प्रदेशका प्रमुख प्रशासकीय संरचना विकेन्द्रीकरण गर्ने पक्षमा उभिएका मुख्यमन्त्री राई सत्तारुढ दल नेकपाकै साँसद्को विरोधका कारण पछि हटे ।

सरकार गठन भएको ९ महिना पुग्नै लाग्दा राजधानी टुङ्गो लगाउने निर्णय गरेको सरकारलाई औद्योगिक शहर विराटनगरदेखि पुर्वाञ्चल क्षेत्रको पुरानो केन्द्र धनकुटा र नयाँ शहर इटहरीले राजधानी माग गरिरहेका छन् ।

राजधानी माग गर्दै सुन्दरहरैँचा नगरपालिकाले पुर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको जग्गा प्रयोग गर्नुपर्ने बताउँदै आएको छ । ,यो समाचार आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा छापिएको छ ,।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top