४ मंसिर , काठमाण्डौ।
हिमताल विस्फोटबाट आएको बाढी (जीएलओएफ) का कारण घर तथा घरायसी सामग्री गुमाएका नुवाकोटका प्रभावित परिवारलाई २ हजार थान स्टिल दराज (अल्मिरा) हस्तान्तरण गरिएको छ ।
‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो ।

नेपाल सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीको मार्गदर्शनमा सञ्चालित यस पहलले प्रभावित परिवारलाई दैनिक जीवनका आवश्यक सामग्री सुरक्षित राख्न मद्दत पु¥याउने विश्वास लिइएको छ ।
तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनस्र्थापना गर्ने बृहत् प्रयासको हिस्साका रूपमा यो सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपन (सस्टेनेबिलिटी) अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत टाटा, सिप्रदी र स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।
कार्यक्रममा टाटा सन्सका थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित नभई प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्न र सुरक्षित भविष्यतर्फ अघि बढाउन केन्द्रित हुनुपर्ने बताए ।
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालले कठिन परिस्थितिमा रहेका समुदायको साथमा उभिँदै समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा आफूहरू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे ।



