विषाक्त रक्सीले लियो ११ जनाको ज्यान

५ मंसिर २०८३, शनिबार
Share this
673shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

भारतको उत्तरपूर्वी राज्य मणिपुरको चन्देल जिल्लामा विषाक्त तथा मिसावटयुक्त रक्सी पिउँदा कम्तीमा ११ जनाको मृत्यु ।

पछिल्लो तीन दिनमा भएको घटनामा १५० भन्दा बढी मानिस बिरामी ।

Advertisement

चन्देल जिल्ला प्रशासनका अनुसार चकपिकारोङ उपविभाग र आसपासका क्षेत्रमा विषाक्त रक्सी सेवनका कारण धेरै मानिस बिरामी परेका तथा मृत्यु भएका घटना सार्वजनिक ।

नोभेम्बर १८ देखि नै विषाक्त मदिरा सेवनका कारण मृत्यु हुन थालेकोमा सुरुमा ८ जनाको मृत्यु भएको पुष्टि गरे पनि पछि मृतकको संख्या बढेर ११ पुगेको उल्लेख ।

मिसावटयुक्त मदिरा सेवनका कारण मृत्यु भएको घटनाबारे अनुसन्धान भइरहेको र मदिरा आपूर्तिमा संलग्न व्यक्तिहरूमाथि कारबाही अघि बढाइएको प्रशासनको भनाइ ।

 

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top